सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणः ९ जनाको मृत्यु – Nepal Press

सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणः ९ जनाको मृत्यु

काठमाडौं । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

जोर्डनका लडाकु विमानहरूले बिहीवार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको जनाइएको छ ।

दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान–श्रीमती, उनीहरुका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । एक जना वृद्ध महिला बेपत्ता रहेको बताइएको छ ।

सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको गएको छ । जोर्डनले सक्रिय रूपमा सिरिया–जोर्डन सीमा क्षेत्रमा रहेको स्वीडामा लागुऔषध तस्करहरूलाई लक्षित गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *