जनकपुरमा मुखियापट्टी मुसहर्निया गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमण – Nepal Press

जनकपुरमा मुखियापट्टी मुसहर्निया गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमण

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि बिहिवार राति अज्ञात समूहले आक्रमण गरेको छ ।

जनकपुरधामस्थित घर जाने क्रममा राति करिब १ बजे अध्यक्ष यादवमाथि आक्रमण गरिएको हो । अहिले उनी प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना छन् । उनको अवस्था सामान्य छ ।

अस्पतालबाट घर जाने क्रममा १०४० नम्बरको स्कार्पियोमा आएका व्यक्तिहरु आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताए । आक्रमणकारी कसैलाई चिन्न नसकेको उनको भनाई छ ।

उनले भने, ‘ममाथि आक्रमण गर्न खोज्दा म परिचय-पत्र देखाए । तर उनीहरु मुक्काले हान्न थाल्यो ‌। म लडे ‌। उनीहरु कुटिरहे । म मरेजस्तो गरेपछि उनीहरु छाडेर गयो । त्यसपछि म घर पुगे ‌।

उनले धनुषाका प्रहरी प्रमुख एसपीलाई फोन लगाए तर रिसिभ नगरेको गुनासो गरे । १०० मा फोन गर्दा पनि समयमा प्रहरी नआएको बताए । उनले तपसी चोकको सिसिटिभी फुटेज हेरेपछि अपराधीहरु पत्ता लाग्न सक्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर