९०० वर्षमा पहिलोपटक डेनमार्कमा गद्दी हस्तान्तरणः को हुन नयाँ ‘ह्याण्डसम’ राजा? – Nepal Press

९०० वर्षमा पहिलोपटक डेनमार्कमा गद्दी हस्तान्तरणः को हुन नयाँ ‘ह्याण्डसम’ राजा?

काठमाडौं । उनलाई युवाले ह्याण्डसम राजा भन्छन् । उनी गत आइतबार राजा भएपछि कतिपय मिडियाहरुले त ह्याण्डसम राजा नै भने । युरोपको सबैभन्दा पुरानो राजतन्त्र भएको डेनमार्कले आइतबारबाट नयाँ राजा पायो ।

पछिल्लो ९०० वर्षमा पहिलोपटक स्वैच्छिक गद्दी हस्तान्तरणको इतिहास पनि डेनमार्कले नै बनायो । त्यहि स्वैच्छिक गद्दी हस्तान्तरणबाट राजा भएका नयाँ अनुहार हुन् फ्रेडेरिक दशौँ । उनी तीन वर्षको उमेरबाटै युवराजधिराजको रुपमा चिनिएका थिए । तर, उनको गद्दी रोचक तरिकाले भयो ।

जस्तो सन २०२४ को नयाँ वर्षको शुभकामना दिने क्रममा डेनमार्ककी रानी मारग्रेथ द्धितियले नयाँ घोषणा गरिन् । घोषण अनुसार उनले आफ्नो गद्दी त्यागको घोषणा गरिन् । सिएनएनका अनुसार ५२ वर्ष डेनमार्कको गद्दीमा बसेर युरोपको सबैभन्दा लामो समय राजसंस्था नेतृत्व भएको रेकर्ड उनको नाममा छ । उनको त्यहि घोषणाको औपचारिक गद्दी हस्तान्तरण आइतबार भएको हो ।

यसको समाचार अहिले विश्वभर चलिरहेको छ । विश्वले वा संभवतः उनी आफैँले सोचेको भन्दा छिटो राजा भएको फ्रेडरिक धेरै चर्चित अनुहार हुन् । डेनमार्कका युवाहरुमा उनी लोकप्रिय मानिने विश्व मिडियाहरुले उल्लेख गरेका छन् । पीता हेनरिकलाई सन २०१८ मा गुमाएका राजा फ्रेडरिकको जन्म सन १९६८ मा भएको थियो ।

उनले डेनमार्क र फ्रान्समा पुगेर आफ्नो अध्ययन गरेको अनुभव लिएका छन् । खेलकुदमा चासो राख्ने, विद्रोही र पार्टी जान मन पराउने अधिराजकुमारको रुपमा उनको छवी निर्माण भएको बताइन्छ । सैन्य क्षेत्रमा पनी उनी उत्तिकै सक्रिय छन् । सन २०१८ मा उनी ५० वर्ष पुगेको अवसरमा उनले ल्याएको रोयल रन इनिसिएटिभले त उनलाई धेरै चर्चित बनायो । उक्त रनमा धेरैले सहभागिता जनाएका छन् ।

हरेक वर्ष ८० हजार भन्दा धेरैले उक्त रनमा सहभागिता जनाउँदै आएका छन् । त्यो रन डेनमार्कका ठूला रनहरुमा एक भएको सिएनएनले उल्लेख गरेको छ । उनी वातावरणमैत्री पनि भनेर चिनिएका छन् । वातावरणका मुद्धामा उनि चिन्तित भएको बताइन्छ । उनका यिनै चर्चाका कारण आइतबार डेनमार्कको राजधानी कोपनहेगनमा डेनमार्कका प्रधानमन्त्रीले उनलाई नयाँ राजाको रुपमा सार्वजनिक घोषणा गर्दा विशाल भिड लागेको थियो ।

आफ्नो गद्दीको सफल हस्तान्तरण गरेकी राजसंस्था प्रमुख ८३ वर्षकि महारानी मारग्रेथ द्धितियले अवकाश लिएकी छिन् । डेनमार्क संवैधानिक राजतन्त्रात्मक देश हो । डेनमार्कको राजतन्त्रको इतिहास एक हजार वर्ष पुरानो रहेको छ ।


प्रतिक्रिया

One thought on “९०० वर्षमा पहिलोपटक डेनमार्कमा गद्दी हस्तान्तरणः को हुन नयाँ ‘ह्याण्डसम’ राजा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *