एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले अन्तरपालिका फुटसल कप आयोजना गर्ने, १६ टीम भिड्दै – Nepal Press

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले अन्तरपालिका फुटसल कप आयोजना गर्ने, १६ टीम भिड्दै

काठमाडौं । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले यही माघ ६ गते अन्तर पालिकास्तरीय फुटसल कप २०८० आयोजना गर्ने भएको छ ।

जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकागरी ८ वटै स्थानीय तहका १६ वटा टिमबीच प्रतिस्पर्धा हुने रामेछाप काठमाडौं सम्पर्क मन्चका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताबारे जानकारी दिन कोटेश्वरस्थित होटल ए वान भेन्युमा आयोजित पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिए ।

पत्रकार सम्मेलनमा प्रत्येक पालिकाबाट दुई दुईवटा गरी १६ टिमले भाग लिने फुटसल कपको सबै तयारी पूरा भएको जानकारी दिइयो । अध्यक्ष श्रेष्ठका अनुसार प्रथम हुने टिमलाई ३० हजार नगदसहित मेडल प्रदान गरिनेछ ।

त्यस्तै दोस्रोले २० हजार,तेस्रोले १० हजार र सान्त्वना पुरस्कार ५ हजारसहित नगद,सिल्ड र प्रमाणपत्र दिइने उनले बताए । प्रतियोगिता विहान ८ बजेदेखि च्यासलस्थित नेशनल स्पोर्टस सेन्टरमा आयोजना हुने सम्पर्क मन्चले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित मेडयल दिइने सम्पर्क मन्चको युवा तथा खेलकुद विभागका कार्यक्रम संयोजक विनोद कुमार श्रेष्ठले जानकारी दिए । खेलको अवधि फाइनलका लागि २० मिनेट,सेमिफाइनल र क्वार्टर फाइनल १४ मिनेट र लिग खेलको समय १२ मिनेट तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एउटा टिमबाट ५ जनाले मैदानमा खेल्न पाउँने र ८ जना खेलाडी समावेश हुने श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर