किन बिदा नलिएको भन्दै ५ प्रहरीलाई सोधियो स्पष्टीकरण – Nepal Press

किन बिदा नलिएको भन्दै ५ प्रहरीलाई सोधियो स्पष्टीकरण

काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङ र मातहतमा कार्यरत् ५ जना प्रहरीलाई बिदा किन नलिएको ? भनेर स्पष्टीकरण सोधिएको छ ।

प्रहरी सहायक हवल्दार सविन थक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, अनिल परियार र रुपेश तामाङलाई स्पष्टीकरण सोधिएको हो ।

पुस २६ गतेको मितिमा सोधिएको स्पष्टीकरणमा प्रहरी नियमावली २०७१ ( संशोधन सहित ) मा व्यवस्था भएबमोजिम नियम अनुसारको उपभोग गर्न पाउने बिदा जानुपर्ने भएता पनि ६ महिनासम्म किन बिदा नलिएको भनेर जवाफ मागिएको छ ।

६ महिनासम्म बिदा नजानुपर्ने कारण के हो ? बिदा लिई आफ्नो घरायसी समस्या समाधान गर्नुपर्छ भन्ने जानकारी छ वा छैन ? आफ्नो घर परिवारको रेखदेख गर्ने तपाईको कर्तव्यभित्र पर्छ भन्ने कुराको जानकारी छ वा छैन ? बिदा भुक्तान गरी सकेपश्चात नागरिकहरुमा मुस्कानसहितको गुणस्तरीय सेवा सुविधा दिनु पर्नेमा स्वयं आफ्नो समस्या नदर्साई कुनै किसिमको बिदा नगई आफैँमा उदासिनता भबसेको देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको इन्सपेक्टर बेनु कार्कीले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

२४ घण्टामा सन्तोषजनक जवाफ नआए प्रहरी नियमावलीबमोजिम कारबाही हुनेसमेत पत्रमा चेतावनी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *