रास्वपाले टनकपुर रिङरोडदेखि रवि राँके सडकसम्म २७ वटा आयोजनामा ‘दबाब यात्रा’ गर्ने (भिडिओ) – Nepal Press

रास्वपाले टनकपुर रिङरोडदेखि रवि राँके सडकसम्म २७ वटा आयोजनामा ‘दबाब यात्रा’ गर्ने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘दबाब यात्रा’ले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ ।

बुधवार रातिसम्म चलेको केन्द्रिय समितिको बैठकले देशभरका विभिन्न २७ वटा निर्माणधिन विकास विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको हो । जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाको निर्माण कार्यलाई गति दिन दबाब यात्राले सहयोग पुग्ने बताइएको छ ।

सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीयदेखि संघीय संरचनामा प्रतिपक्षीको भुमिकामा रहेकाले विकास निर्माणको कामको अनुगमन र दबाब दिन परेको बताए । स्थानीय जनता, सरोकारवाला, स्थानीय पत्रकारहरुसहित आयोजनास्थलमा गएर दबाब दिने कार्यक्रम रहेको बताएका छन् ।

आयोजना स्थलमा निर्माण व्यवसायी, आयोजना प्रमुखसँग बसेर आयोजना निर्माणको गति बढाउन अन्तरक्रिया सहजीकरण गर्ने योजना रहेको प्रवक्ता बुर्लाकोटीले बताए । दबाब यात्रा सुुरु गर्ने टोली र समयबारे अर्को बैठकले निर्णय गर्नै सहप्रवक्ता बुर्लाकोटीले बताए ।

रास्वपाले टनकपुर रिङरोडदेखि रवि राँके सडकसम्म २७ वटा आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर