राष्ट्र बैंकले साढे ६ लाखदेखि २५ लाखसम्मको गाडी लिलामीमा बिक्री गर्दै – Nepal Press

राष्ट्र बैंकले साढे ६ लाखदेखि २५ लाखसम्मको गाडी लिलामीमा बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा गाडी लिलाममा बिक्री खुला गरेको छ । ६ लाख ६३ हजार देखि २५ लाखसम्म मूल्य तोकिएका ती गाडीलाई किन्न इच्छुकले माघ २२ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

चारवटा चेभ्रालेट टाभेरा, एउटा डाइहाट्सु टेरियोस र एउटा किया स्पोर्टेज गाडी बिक्री गर्न लागेको छ । किया स्पोर्टेजको मूल्य भने २५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

बोलपत्र राष्ट बैंकको सम्पत्ति तथा सेवा वयवस्थापन विभागमा पेश गर्न राष्ट्र बैंकले भनेको छ । लिलाम हुने सवारी साधन हेर्न बुझ्न चाहनेले कार्यालय समय १० बजेदेखि ३ बजेसम्म राष्ट्र कार्यालय बालुवाटारमा हेर्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर