नागढुंगा-मुग्लिन सडक विस्तार धीमा गतिमा, एक वर्षमा ५ प्रतिशतमात्र काम (भिडिओ) – Nepal Press

नागढुंगा-मुग्लिन सडक विस्तार धीमा गतिमा, एक वर्षमा ५ प्रतिशतमात्र काम (भिडिओ)

काठमाडौं । नागढुंगा-मुग्लिन सडक विस्तारको काम अत्यन्तै धीमा गतिमा देखिएको छ ।

विश्व बैंकको सहुलीयतपूर्ण अनुदान ऋणको उक्त सडकखण्ड विस्तारको काम १ वर्षमा ५ प्रतिशतमात्र भएको हो ।

१ वर्षमा १५ प्रतिशत काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारण मन्द गतिमा काम भएको सडक आयोजना पश्चिम खण्डका इन्जिनियर कृष्ण आचार्यले बताए । उक्त सडक विस्तारका लागि शर्मा जेडआईसीजीसँग डिसेम्बर २०२२ मा सम्झौता भएको थियो । तीन प्याकेजमा चलिरहेको उक्त सडक खण्डको मलेखुदेखि मुग्लिन खण्डमा पुलको जग नाली पर्खाल बनाउने काम र मोड सुधारको काम भइरहेको आचार्यले बताए ।

उक्त सडकको पश्चिम खण्ड मलेखुदेखि मुग्लिनसम्म ३९ किलोमिटर सडकको स्तरोन्नतीको काम भइरहेको छ । उक्त सडक २ लेनको भनिए पनि हाल ७ मिटरमात्र रहेको कारण अब ९ मिटर बनाउन लागिएको हो । सडक खण्डको बजार क्षेत्रमा ४ लेन र उकालोमा ट्रकको लागि छुट्टै लेन बनाउन लागिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *