सुर्खेत : हँसियाले हानेर छोराको हत्या गरेको प्रहरीसमक्ष स्वीकार, छोरीको बलात्कारबारे अनुसन्धान गर्दै प्रहरी – Nepal Press

सुर्खेत : हँसियाले हानेर छोराको हत्या गरेको प्रहरीसमक्ष स्वीकार, छोरीको बलात्कारबारे अनुसन्धान गर्दै प्रहरी

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका-६ कुवापानीका ४६ वर्षीय पुरुष छोरा हत्याको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले कैलाली टीकापुर-१ बाट बिहान १० बजे पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टीकापुर पुगेको थियो । मोबाइल लोकेसन ट्रयाक गर्दै जाँदा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काका अनुसार घटनाको दिन भागेका उनी लम्कीपुरमा साडुदाइको घरमा बसिरहेका थिए । उनी भारत जाने तयारीमा रहेको प्रहरीको भनाइ छ ।

साथै, उनले प्रहरीसमक्ष आफूलाई टर्चर दिएकाले हँसियाले हानेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । उनीविरुद्ध छोरीमाथि बलात्कारको आरोपसहित किटानी जाहेरी पनि परेको छ । प्रारम्भिक अनुसन्धानमा युवकको बलात्कार घटनासँग जोडिएको इन्सपेक्टर कृष्णबहादुर खड्काले बताएका छन् । तर, उनलाई सुर्खेत ल्याइँदै गरेको र थप अनुसन्धान भइरहेकोले बलात्कार उनैले या कसले गरेको हो खुल्न बाँकी रहेको प्रहरी स्रोत बताउँछ ।

प्रहरीसँगको भिडिओ बयानमा उनले भनेका छन्, `टर्चर गरेको गरै मार्छु र काट्छु भनेकोले मैले आँसीले हानेर मारेँ । उसले मलाई पनि मार्न खोज्यो । हान्यो पिट्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *