टाइगर कपको महिलातर्फ एपीएफ र न्यु डायमन्ड फाइनल प्रवेश – Nepal Press

टाइगर कपको महिलातर्फ एपीएफ र न्यु डायमन्ड फाइनल प्रवेश

पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) र न्यु डायमन्ड युथ स्पोटर्स पोखरामा जारी चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लब ५-२ सेट र न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले गुमाएको एपीएफले पछिल्ला ३ सेटमा पुनरागमन गर्दै फाइनल प्रवेश गरेको हो । एपीएफले तेस्रो सेट २५–१२, चौथो सेट २५–१६ र पाचौं सेट १५–१३ ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेमिफाइनलमा पुलिसलाई पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१८ लाई न्यु डायमन्ड फाइनल प्रवेश गरेका हुन् । उपाधिका लागि न्यु डायमन्ड र एपीएफले शनिबार खेल्नेछन् । तेस्रो स्थानका लागि पुलिस र आर्मीबीचको खेल शुक्रबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर