प्रगतिशील लेखक संघ भोजपुरमा नयाँ नेतृत्व, अम्रिका बने अध्यक्ष – Nepal Press

प्रगतिशील लेखक संघ भोजपुरमा नयाँ नेतृत्व, अम्रिका बने अध्यक्ष

भोजपुर । प्रगतिशील लेखक संघ जिल्ला कमिटी भोजपुरको दोस्रो अधिवेशनले अम्रिका ताम्राकारको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

११ सदस्यीय कमिटीको उपाध्यक्षमा थिरालाल विक, सचिव कविता राई, सहसचिव सुजन कटुवाल र कोषाध्यक्ष कमला प्रधान रहेका छन् । सदस्यहरूमा संगम विक, विवेक राई, शरण बान्तवा, चिन्तामणि पोखरेल, महेश तामाङ, प्रतिमा पोखरेल चयन भएका छन् ।

संघका केन्द्रीय महासचिव डा. देवि दुलालको प्रमुख आतिथ्यता र प्रदेश कमिटी अध्यक्ष तिला लेकालीको विशेष उपस्थितमा अधिवेशन सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर