अफगानिस्तानलाई हराउन दुई पटक सुपर ओभर खेल्यो भारतले – Nepal Press

अफगानिस्तानलाई हराउन दुई पटक सुपर ओभर खेल्यो भारतले

काठमाडौं । भारत र अफगानिस्तानबीच बुधवार ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट भयो ।

२ सय १३ रनको लक्ष्य पाएको अफगानिस्तानले खेल टाई गरेपछि सुपर ओभरमा पुगेको थियो । तर पहिलो सुपर ओभर पनि टाई भएपछि फेरि सुपर ओभर भएको थियो । यस पटक भने भारत भाग्यमानी साबित भयो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रनको लक्ष्य दिएको थियो । भारतका रोहित शर्माले तेस्रो र चौथो बलमा छक्का प्रहार गरेपछि जिततर्फ अग्रसर देखिएको भारतले पाँचौँ बलमा विकेट गुमायो भने छैटौँ बलमा एक रन मात्र जोड्न सकेपछि फेरि अर्को सुपर ओभर गराउनु परेको थियो । दोस्रो सुपर ओभरमा भारतले १२ रनको लक्ष्य दिएको थियो ।

रोहितले सुरुका दुई बलमा छक्का र चौका प्रहार गरेका थिए भने भारतले चौथो र पाँचौँ बलमा विकेट गुमाएको थियो । अफगानिस्तानले सुरुका तीन बलमा दुवै विकेट गुमाएपछि भारतले रोमाञ्चक जित हात पारेको थियो ।

रवि विस्नोइले पहिलो र तेस्रो बलमा विकेट लिएका थिए भने दोस्रो बलमा एक रन मात्र दिएका थिए। त्यसअघि रोहित शर्माको एक सय २१ र रिंकु सिंहको ६९ रनको मदतमा भारतले विशाल योगफल तयार गरेको थियो। तर अफगानिस्तानले रहमानुल्लाह गुरबाजको ५०, इब्राहिम जद्रानको ५०, गुल्बादिन नाइबको ५५ र मोहम्मद नाबीको ३४ रनमा खेल बराबरी गरेको थियो।

अन्तिम ओभरमा अफगानिस्तानलाई जितका लागि १९ रन चाहिएको थियो भने भारतले मुकेश कुमारलाई बलिङको जिम्मा दिएको थियो । यो जितसँगै भारतले तीन खेलको शृङ्खला क्लीन स्वीप गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर