यस्ता छन् रास्वपा केन्द्रीय समितिको बैठकका निर्णयहरु – Nepal Press

यस्ता छन् रास्वपा केन्द्रीय समितिको बैठकका निर्णयहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरुको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको छ ।

पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले देहायका निर्णयहरु गरेको महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पार्टीले केन्द्रीय सदस्य डा. प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरेको छ ।

त्यस्तै, केन्द्रीय विभागहरुलाई आफ्नो नियमित जिम्मेवारीसहित प्राथमिकतामा सम्पादन गर्नुपर्ने काम तोकिएको ढकालले जनाए ।

बैठकमा सहकारी र लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे अर्थ नीति विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरु उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले जानकारी गराएका थिए । माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरुन्तै र आउँदो संसद अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरेको छ ।

त्यस्तै, भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय भएको ढकालले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर