सल्यानमा बोल्न नसक्ने महिलामाथि करणी गरेको आरोपमा एक पक्राउ – Nepal Press

सल्यानमा बोल्न नसक्ने महिलामाथि करणी गरेको आरोपमा एक पक्राउ

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

सोही नगरपालिका वडा नम्बर ३ डोप्केका २५ वर्षीय राम बहादुर बुढाथोकीलाई १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत पुस २८ गते उक्त घटना घटेको भएपनि जिल्ला प्रहरी कार्यालय सल्यानमा सोमबार १ गते जाहेरी परेको प्रहरी नायव उपरिक्षक नविन कार्कीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार पीडित महिलाकी आमाले घरमा कोही नभएको मौका पारेर ती महिलालाई घर पछाडि करेसामा लगेर जबरजस्ती करणी गरेको बताइएकी छन् । तर, वास्तविकता अहिलेसम्म आएको छैन् उनले भने,’ आरोपीलाई माग २ गते पक्राउ गरेका हो ।

प्रकाउ परेका ओरोपीले करणी गरेको होइन भनेको छ । मलाई फसाउन खोजेको हो भनेको छ । केटिले भनेको राम्रोसँग बुझन सकिएको छैन । घटनाका बारेमा अनुसन्धान जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *