अध्यात्मिक यात्रामा लागेका भ्लगर ‘नास डेली’ नेपाल आइ भेटे बौद्ध धर्मका गुरु – Nepal Press

अध्यात्मिक यात्रामा लागेका भ्लगर ‘नास डेली’ नेपाल आइ भेटे बौद्ध धर्मका गुरु

काठमाडौं । ‘नास डेली’ का चर्चित भ्लगर नुसेर यासिन नेपाल आएर बौद्ध जन्मेको देशका रूपमा नेपाललाई चिनाउँदै छन् ।

गत शनिबार नेपाल आएका नुसेर यासिनले बौद्ध जन्मेको देशका रूपमा नेपालाई चिनाउँदै सामाजिक सञ्जालमा भिडियो तथा फोटोहरू शेयर गरेका हुन् ।

नास डेलीका भ्लगर नुसेरले आइतबार देखि आफ्नो ’इन्स्टाग्राम’ स्टोरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि लुम्बिनीमा बौद्ध धर्मावलम्बीहरूसंग आफूलाई जोड्न खोजेको देखाएका हुन् ।

आज बुधबार पनि उनले बोद्ध धर्मावलम्बीका गुरूहरूसँगका भिडिओ तथा फोटोहरू ‘इन्स्टाग्राम’ मा शेयर गरेका छन् । उनले नपाल आउँद‌ा गर्दा आफुलाई ६ महिना बौद्ध धर्मसँग जोड्ने उल्लेख गरेका थिए भने बौद्ध धर्मप्रतिको रूचिलाई पनि बढावा दिएका छन् । केवल एक दिनका लागि नेपाल आएका उनी आइतबार नै स्वदेश फर्किएका छन् ।

नास डेलीका भ्लगर नुसेर इजरायलका हुन् । उनको युट्युबमा १ करोड ३० लाख बढी सस्क्राईबरहरू रहेका छन् भने, ‘इन्स्टाग्राम’ मा ४४ लाख बढी फलोवअर्सहरू रहेका छन् । सन् २०११ देखि आफ्नो युट्युबको करियर सुरू गरेका नास डेली विश्वभरी ‘द्याट्स वान मिनेट, सीयु टुमारो’ नामक डाइलगबाट चिर्चित छन् । आफ्नो हरेका भिडियोमा उनी यो लाईन प्रयोग गर्न गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *