प्रहरी प्रवक्ताकाे जिम्मेवारी डीआईजीपी ढकाललाइ – Nepal Press

प्रहरी प्रवक्ताकाे जिम्मेवारी डीआईजीपी ढकाललाइ

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)भीमप्रसाद ढकाललाई दिइएकाे छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि डीआईजीपी ढकाललाई मंगलबार प्रहरी प्रवक्ताकाे जिम्मेवारी तोकिएको प्रहरी महानिरीक्षककाे सचिवालयले जनाएको हाे ।

प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२९२१११ र [email protected] इमेल ठेगाना मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डीआईजीपी ढकाल भर्खरै मात्रै कर्णाली प्रदेश प्रहरी प्रमुखकाे जिम्मेवारीबाट प्रहरी महानिरीक्षककाे सचिवालयमा सरूवा भएका थिए । यस अघि प्रहरी प्रवक्ताकाे जिम्मेवारीमा रहेका डीआईजीपी कुवेर कडायतकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख पदमा सरूवा भएपछि प्रहरी प्रवक्ताकाे पद रिक्त भएकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *