पशुपतिको जलहरी प्रकरणमा अदालत हाजिर भए तत्कालीन सदस्य सचिव ढकाल, मागियो ३ लाख रुपैयाँ धरौटी – Nepal Press

पशुपतिको जलहरी प्रकरणमा अदालत हाजिर भए तत्कालीन सदस्य सचिव ढकाल, मागियो ३ लाख रुपैयाँ धरौटी

काठमाडौं । पशुपतीनाथ मन्दिरमा जलहरी राख्दा हिनामिना गरेको आरोप लागेका पशुपति विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाललाई अदालतले ३ लाख रुपैयाँ धरौटी मागेको छ ।

विशेष अदालतले बुधबार उक्त आदेश गरेको हो । खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक आदेश गर्दै ढकालसँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।

ढकाल धरौटी बुझाएर छुटेका छन् । यसअघि तत्कालिन कोषाध्यक्ष मिलन थापासँग पनि ३ लाख रुपैयाँ धरौटी मागिएको थियो । अदालतमा मुद्दा दायर हुँदा थापा पशुपती विकाश कोषका सदस्य सचिव थिए । अदालत हाजिर भएका ढकालसँग बयान लिएपछि इजलासले थुनछेक आदेश गरेको हो ।

जलहरी प्रकरणमा एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । ढकाल अकुत सम्पत्ती आर्जनको मुद्धा पनि खेपिरहेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *