चित्लाङ-चन्द्रागिरी-थानकोट सडक स्तरीकरणको लागि तत्काल १० करोड माग – Nepal Press

चित्लाङ-चन्द्रागिरी-थानकोट सडक स्तरीकरणको लागि तत्काल १० करोड माग

हेटौंडा । जीर्ण अवस्थामा रहेको चित्लाङ-चन्द्रागिरी-थानकोट सडकको स्तरीकरणको लागि तत्काल १० करोड बजेटको उपलब्ध गराउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनुरोध गरिएको छ ।

आज बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेट गरि मकवानपुर क्षेत्र नम्बर २ का सांसद एवम् एमाले सचेतक महेशकुमार बर्तौला, संविधानसभा सदस्य रामनारायण बिडारी, सुभाषचन्द्र ठकुरी, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट सहितको टोलीले निकै जिर्ण अवस्थामा रहेको चित्लाङ–चन्द्रागिरी–थानकोटको तत्काल मर्मतको लागि १० करोड बजेट माग गरेका हुन् ।

चित्लाङ–चन्द्रागिरी–थानकोट सडकखण्डमा दुर्घटना बढेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग तुरुन्तै १० करोड रुपैँया माग र बहुवर्षीय योजनामा पारेर कम्तिमा ४० करोड रुपैँयाको श्रोत सुनिश्चितताको अनुरोध गरिएको सचेतक बर्तौलाले बताए ।

काठमाण्डौँबाट नजिकै रहेको मकवानपुरको थाहा नगरक्षेत्रमा प्रवेश गर्ने छोटो दुरिको सडकको अवस्था जर्जर भएको कारण दिनहुँ दुर्घटनाहरु भैरकेको भन्दै सरकारले पर्यटकीय क्षेत्रमा जाने सडकलाई विशेष महत्वको साथमा हेर्नुपर्ने बर्तौलाको भनाइ रहेको छ ।

उनले चित्लाङ–चन्द्रागिरी–थानकोट सडकको स्तरोन्नतीको लागि स्थानीय तहदेखि नागरिक समाजको निरन्तर खबरदारी हुनुपर्ने बताए । भेटमा प्रधानमन्त्रीले बजेटको विषयलाई गम्भिरतापुर्वक लिएको र सडक छिटो भन्दा छिटो स्तरोन्नती हुने आवश्वसन दिएको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर