केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुन ११ गतेदेखि हुने (भिडिओ) – Nepal Press

केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुन ११ गतेदेखि हुने (भिडिओ)

विजयी टोलीलाई ११ लाख रुपैयाँ प्रदान गरिने

काठमाडौं । दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि सुरु हुने भएको छ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जनाएको हो । प्रतियोगिताको फाइनलवाहेकका अन्य खेलहरु एन्फा टेक्निकल मैदान च्यासलमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने पनि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । प्रतियोगितामा विजयी टोलीलाई ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिने उनले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले युवा संघले जनाएको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष थेबेले खेलकुदको बिकासका लागि चासो जगाउनका लागि प्रतियोगीता आयोजना गरिएको बताए ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर