बागमतीविरुद्ध आर्मी ९७ रनमा अल आउट, सूर्यले लिए ५ विकेट – Nepal Press

बागमतीविरुद्ध आर्मी ९७ रनमा अल आउट, सूर्यले लिए ५ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लब ९७ रनमा अल आउट भएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रनमै समेटिएको हो । आर्मीलाई सस्तोमा समेट्न बागमतीका सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए ।

९ ओभर बलिङ गरेका सूर्यले २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । सूर्यले यसअघि मंगलबार भएको खेलमा मधेस प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए । बागमतीका रिजन ढकाल र प्रतिश जिसीले २-२ र कृजन गुरुङले १ विकेट लिए ।

आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । भिम सार्कीले १८ र विवेक यादवले अविजित ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर