टर्कीमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु, ३० घाइते – Nepal Press

टर्कीमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु, ३० घाइते

काठमाडौं । टर्कीको दक्षिणी मेर्सिन प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

मुग्ला प्रान्तको दक्षिणपश्चिमी मारमारिस जिल्लाबाट मार्डिन प्रान्ततर्फ जाँदै गरेको यात्रुवाहक बस डि–४०० राजमार्गमा रहेको मर्सिनको येनिकास छिमेकी नजिकै एउटा ब्यारियरमा ठोक्किएर पल्टिएको हो ।

घाइतेहरूलाई एम्बुलेन्सद्वारा अस्पतालमा लगिएकोछ । ४० यात्रु बोकेको यात्रुवाहक बस सुरुङबाट बाहिर निस्कँदा चालकले स्टेयरिङ ह्वीलमाथि नियन्त्रण गुमाउँदा खाल्डोमा पल्टिएको मर्सिन प्रान्तका गभर्नर अली हम्जा पहलिभानले बताए । गभर्नरले वर्षाको मौसमका कारण चिसो सडकले दुर्घटनामा प्रमुख भुमिका खेलेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर