१५ हजारलाई रोजगारी दिने लक्ष्य लिएका छौं : सुनिता डंगोल (भिडिओ) – Nepal Press

१५ हजारलाई रोजगारी दिने लक्ष्य लिएका छौं : सुनिता डंगोल (भिडिओ)

काठमाडौं । काठमाडौँ महानगरपालिकाले रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमको शुभारम्भ गरेको छ ।

कार्यक्रम अन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य महानगरको छ । लक्ष्यमा सहयोग पुर्याउन इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

यसअन्तर्गत प्रदान गर्ने ३४ वटा बिधाका तालिम कार्यक्रमहरु मध्य साइवर सेक्युरिटी तालिमको उद्घाटन गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षमा ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य तथा आफ्ना बाँकी रहेको कार्यकालमा कम्तिमा १५ हजार जना महानगरबासीलाई रोजगारी दिने लक्ष्य लिइएको जानकारी दिइन् ।

उक्त कार्यक्रमका लागि महानगरपालिकाले १० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइने महानगरले जनाएको छ ।

यस्तो छ उपमेयरकाे भनाइः

आगामी तीन वर्षमा पूरा गर्नेगरी १० वटा गौरवका योजनाहरु अघि सारेका छौं । ती योजनाले तीन वर्षमा ट्रान्जिवल परिणाम दिने अपेक्षा राखेका छौं । जसमध्ये महत्वपूर्ण गौरवको आयोजना रोजगारीमा जोडिएको छ । रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौं । यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौं ।

कम्तीमा पनि १५ हजार जना महानगरबासीलाई रोजगारी दिनसक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौं । सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौं महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबीचमा पुलको काम गर्दैछौं ।

विभिन्न रोजगारदाताहरु र दक्ष सीप सिकाउनेहरुसँग पनि सहकार्य गर्दैछौं । जसले गर्दा अध्ययन गरे अनुसारको काम पाउनु र पढाई पनि बजारमा आवश्यकता भएको जनशक्ति उत्पादन होस् भन्ने उद्देश्य रहेको छ । नेपाल साइवर सेक्युरिटिज छात्रवृद्धि कार्यक्रमले पनि यो खाडल पूर्ण योगदान पु¥याउनेछ । यो कार्यक्रमको उद्देश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने विश्वास लिएका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर