२०२३ डिसेम्बरमा साढे १३ हजार बढी ‘ओमोडा ई ५’ बिक्री, वर्षभरीमा कति ? – Nepal Press

२०२३ डिसेम्बरमा साढे १३ हजार बढी ‘ओमोडा ई ५’ बिक्री, वर्षभरीमा कति ?

काठमाडौं । विद्युतीय गाडी कम्पनी ओमोडाले सन् २०२३ डिसेम्बरमा १३ हजार ६७७ वटा ‘ओमोडा ई ५’ बिक्री गरेको छ ।

ओमोडाले वर्षभरी १ लाख ४७ हजार एकाई बिक्री गरेको ‘ओमोडा ई ५’ ले डिसेम्बरमा १३ हजार ६७७ वटा विक्री गर्न सफल भएको जनाएको हो ।

कम्पनीका अनुसार गत वर्षको अन्तिम महिनामा निर्यात बिक्री १३ हजार ६७७ इकाइमा पुगेको थियो । जुन महिनादर–महिना १२.६५ को वृद्धि देखाउँदै क्रसओभर एसयूभी खण्डमा प्रतिस्पर्धीको रूपमा रहेको छ ।

कम्पनीले गत अप्रिलमा विश्वव्यापी ब्रान्ड–लन्च कार्यक्रममा गरेको ‘ओमोडा ई ५’ले अक्टोबरमा प्रयोगकर्ता सम्मेलन गरेको थियो । सन् २०२३ ओमोडाले उल्लेखनीय सफलता हासिल गरेको वर्ष रहेको कम्पनीको दाबी छ ।

ब्रान्डले गाइकिन्डो इन्डोनेसिया अन्तर्राष्ट्रिय अटो शो २०२३ मा ‘बेस्ट टेस्ट ड्राइभ एसयूभी’ को उपाधि जितेको थियो । ओमोडाले मलेसियामा पनि धेरै सम्मानित पुरस्कारहरू जितेका थियो । यसमा स्टार मिडिया समूहबाट ‘सर्वश्रेष्ठ मिड साइज क्रसओभर कार्लिस्ट एक्स वापकार कोटी २०२३ आवार्ड इडिटर्स च्वाइस फर द वेस्ट ५ सिटर एसयूभी र १९औँ मलेसिया कार अफ द इयर अवार्ड २०२३ उत्कृष्ट वारेन्ट समावेश छ ।

नेपालमा एसपीजी अटोमोबाइल्स प्रालि ओमोडा एन्ड जेइकु अटोमोबाल कम्पनी लिमिटेडको लागि आधिकारिक वितरक हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर