ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट – Nepal Press

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले बिगमार्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका क्रेडिट कार्डवाहक ग्राहकहरुले बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकले बिगमार्टसँगको सहकार्यमा बिगमार्ट विन्टर अफरमा ग्राहकहरुलाई १० प्रतितको छुट देखि अधिकतम ३०० रुपैयाँ सम्मको छुट योजना ल्याएको हो । योजना अनुसार अब बैंकका ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० सम्म छुट पाउनेछन् ।

यहि माघ महिनाभरी मात्र लागू हुने यस योजनामा बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु समेत प्रदान गरिने जनाइएको छ । ग्राहकहरुले बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुबाट यस अफरको लाभ लिन सक्नछन् ।

ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकलाई ‘सबैंका लागि बैंक’ बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यस्तै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर