२१ वर्षअघि श्रीमतीको हत्या गरेका ७० वर्षे वृद्ध पक्राउ, भएको थियो सर्वस्वसहित जन्मकैद सजाय – Nepal Press

२१ वर्षअघि श्रीमतीको हत्या गरेका ७० वर्षे वृद्ध पक्राउ, भएको थियो सर्वस्वसहित जन्मकैद सजाय

काठमाडौं । २१ वर्षअघि श्रीमतीको हत्या गरी फरार एक व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७० वर्षे सूर्यप्रसाद दवाडीलाई पक्राउ गरेको हो ।

२०५९ फागुन ८ गते धादिङको मैदी-९ मा सानुमाया दवाडीको घाँटी कसेर हत्या भएको थियो । अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय भएका सूर्यप्रसाद लामो समयसम्म पक्राउ पर्न सकेका थिएनन् ।

सूर्यप्रसादले हत्या गरेपछि श्रीमतीलाई झुन्ड्याएको र आत्महत्या गरे जस्तो देखाएको अनुसन्धानबाट खुलेको थियो । सानुमायाको अन्त्येष्टिपछि प्रहरीले अनुसन्धान गरी उनको हत्या भएको दाबी गरेको थियो ।

जिल्ला अदालतले गरेको फैसला उच्च अदालतले उल्ट्याएपछि सर्वोच्च अदालतले २०६७ साल माघ ३ गते जिल्लाकै फैसला सदर गरेको थियो । प्रहरी स्रोतका अनुसार सूर्यप्रसाद लामो समयदेखि भारतमा बस्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *