कांग्रेस सधैं पहिचानको पक्षमा रहेको कोइरालाको दावी – Nepal Press

कांग्रेस सधैं पहिचानको पक्षमा रहेको कोइरालाको दावी

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा रहेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेसले जति पहिचानको मुद्दालाई अरु कसैले नउठाएको दाबी गरे ।

उनले भने,‘हामीले पहिलेदेखि नै भन्दै आएका छौ‌ं ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ सङ्घियताको मोडल आवश्यक छ ।’
उनले पहिचानका नाममा समाजमा फाटो ल्याउने नभई कहि कतै कहींकतै तुष छन् भने त्यसलाई पनि मेट्ने मोडलको पहिचानको पक्षमा कांग्रेस रहेको बताए ।

कोइरालाले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने बताए ।

उनले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्ने बताए । उनले भ्रष्टाचार र व्यथितिकै कारण जनतामा निराश उत्पन्न भएको बताए । उनले भने जनतामा निराशा थपिएको छ उनीहरुमा आशा जगाउनु जरुरी देखिन्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर