एसीसी वुमन्स प्रिमियर कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल हङकङसँग खेल्ने – Nepal Press

एसीसी वुमन्स प्रिमियर कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं । मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने वुमन्स प्रिमियर कपको खेल तालिका मंगलबार सार्वजनिक गरेको हो ।

खेल तालिकाअनुसार नेपाल समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालसहित हङकङ, भूटान र माल्दिभ्स छन् ।

समूह ‘ए’मा थाइल्यान्ड, म्यानमार, कुवेत र सिंगापुर, समूह ‘बी’मा यूएई, चीन, ओमान र जापान तथा समूह ‘सी’मा इन्डोनेसिया, बहराइन, मलेसिया र कतार रहेका छन् ।

चार समूहका शीर्ष २-२ टोलीको क्वाटरफाइनल प्रतिस्पर्धा हुनेछ । फाइनल पुग्ने २ टोलीले आउँदो वुमन्स एसिया कप खेल्न पाउनेछन् ।

फेब्रुअरी १० मा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ । दोस्रो खेल फेब्रुअरी ११ मा भूटान र तेस्रो खेल फेब्रुअरी १३ मा माल्दिभ्ससँग खेल्नछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *