अभ्यास म्याचमा नेपालले वेस्टइन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै – Nepal Press

अभ्यास म्याचमा नेपालले वेस्टइन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं । आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले आज अन्तिम औपचारिक वार्मअप खेलमा वेस्टइन्डिजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो औपचारिक वार्मअप खेल स्कटल्यान्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो । अनौपचारिक वार्मअप खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर