प्रधानमन्त्री कप : सूर्यले लिए ह्याट्रिकसहित ६ विकेट, बागमतीको पहिलो जित – Nepal Press

प्रधानमन्त्री कप : सूर्यले लिए ह्याट्रिकसहित ६ विकेट, बागमतीको पहिलो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले पहिलो जित हासिल गरेको छ । बागमतीले मंगलबार भएको खेलमा मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको हो ।

बागमतीले दिएको १९१ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १०४ रनमै रोकिएको हो । मधेशलाई सस्तोमा समेट्न बागमती सुर्य तामाङले ६ विकेट लिए । उनले ह्याट्रिकसहित ६ विकेट लिन सफल भए ।

उनले २९ औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका थिए । ९ ओभर बलिङ गरेका तामाङले ३ मेडनसहित १८ रन दिएर ६ विकेट लिन सफल भए । प्रतिश जिसी र इशान पाण्डेले २–२ विकेट लिए ।

ब्याटिङतर्फ मधेशका पवन सराफले सर्वाधिक ४५ रन जोडे । मायन यादवले ३१ र निरोज यादवले अविजित १५ रन बनाए । मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि मुलपानी क्रीकेट मैदानमा पहिला ब्याटिङ गरेको बागमती ४९ ओभर २ बलमा १९० रनमा समेटिएको थियो । बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । रबिन जोशीले २१, इशान पाण्डेले १५, बिपिन आचार्यले १३ र कप्तान रित गौतमले १२ रन बनाएका थिए । बलिङतर्फ रुपेश सिंह र अर्निको यादवले २–२ विकेट लिएका थिए ।

बागमती प्रदेशको यो पहिलो जित हो । यसअघि बागमती नेपाल पुलिस क्लबसंग ६८ र सशस्त्र प्रहरी बल (एपीएफ) संग ८९ रनले पराजित भएको थियो । मधेशको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा कोशी प्रदेशलाइ ७ विकेटले पराजित गरेको मधेश दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसंग १२६ रनले पराजित भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर