एमालेका मनोनीत ६ केन्द्रीय सदस्यको शपथ (भिडिओ) – Nepal Press

एमालेका मनोनीत ६ केन्द्रीय सदस्यको शपथ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका ६ केन्द्रीय सदस्यले शपथ लिएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

सिरहाका रामअवतार यादव, संखुवासभाका तुलसीप्रसाद न्यौपाने, नुवाकोटका केशवराज पाण्डे, बैतडीका दामोदर भण्डारी, दैलेखका विनोद शाह र झापाका दीपक कार्कीलाई पुस १० को सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

मनोनीत ६ मध्ये ५ पूर्वप्रदेश अध्यक्ष हुन् भने कार्की झापा जिल्ला अध्यक्ष हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर