सिटिजन्स बैंकको ‘एक खाता एक वृक्ष’ स्मार्ट बचत खाता, यस्ता छन् विशेषता – Nepal Press

सिटिजन्स बैंकको ‘एक खाता एक वृक्ष’ स्मार्ट बचत खाता, यस्ता छन् विशेषता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘एक खाता एक वृक्ष’ स्मार्ट खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले नयाँ वर्ष सन् २०२४ का लागि वातावरण मैत्री स्मार्ट खाताको ‘हजुरको नयाँ स्मार्ट बचत खाता, सिटिजन्स बैंकद्वारा एक वृक्षारोपण’ अभियानका साथ बैंकले ‘एक खाता एक वृक्ष’ सञ्चालनमा ल्याएको हो ।

नयाँ वर्ष सन् २०२४ भरी ‘एक खाता एक वृक्ष’ स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूका लागि बैंकले एक खाता बराबर एक वृक्षारोपण गर्ने जनाएको छ ।

नयाँ वर्ष सन् २०२४ भरी चल्ने स्मार्ट बचत खाता खोल्न ग्राहकहरुले निःशुल्क डिम्याट खाता खोल्ने देखि एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सम्मको सुविधा पाउनेछन् ।

सिटिजन्स बैंकको ‘एक खाता एक वृक्ष’ स्मार्ट खाता न्यूनतम शून्य ब्यालेन्समा खोल्न सकिनेछ । नयाँ स्मार्ट खाता खोल्दा ग्राहकहरूले २ लाख रुपैयाँसम्मको ‘एबीबीएस’ सेवा प्राप्त गर्न सक्छन् ।

स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुले ४।३५ प्रतिशत ब्याजदर पाउनेछन् ।

त्यस्तै, खाता खोल्ने ग्राहकहरूले पहिलो १ वर्ष निःशुल्क डिक्याट खाता खोल्ने सुविधा पाउनुका साथै ग्राहकहरूले निःशुल्क ‘थ्री–डी सेक्युर ई–कमर्स’ कारोबार गर्न समेत पाउनेछन् ।

पहिलो एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट काड, सी–एसबा रजिस्टेशन सर्भिस स्मार्ट खाता खोल्ने ग्राहकहरूलाई प्रदान गरिनेछ ।

त्यसै गरी, जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्न कुनै पनि शुल् लाग्ने छैन । भने यसका साथै बैंकका डिजिटल प्रोडक्टहरुमा हरेका वर्ष स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूले ५० प्रतिशत छुट पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर