रिलायन्स स्पिनिङ मिल्सले १० गतेदेखि बुक विल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ? – Nepal Press

रिलायन्स स्पिनिङ मिल्सले १० गतेदेखि बुक विल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले यहि माघ १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सो आईपीओ बुक बिल्डिङ विधिमार्फत निष्काशन गर्न लागेको हो ।

रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाइसकेको छ ।

यसमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गर्न लागिएको कम्पनीले जनाएको छ। बोलकबोलका लागि प्रतिकित्ता ६ सय ८ रुपैयाँदेखि ९ सय १२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ। संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त मितिको भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ ।

केयर रेटिङ नेपालले कम्पनीलाई समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।

संस्थागतलेको कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर