त्रिशूली नदीमा गाडी खसेको आशंका, सडक डिलमा भारतीय नम्बर प्लेट भेटियो – Nepal Press

त्रिशूली नदीमा गाडी खसेको आशंका, सडक डिलमा भारतीय नम्बर प्लेट भेटियो

चितवन । त्रिशूली नदीभित्र लाइट बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोरको टोली सहित मिलेर खोज्न थालेका छन् ।

आज बिहान ४ बजेर ४० मिनेट गएको समयमा इच्छाकामना ५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल नदीमा बत्ती बलेको जस्तो देखिएको जानकारी पछि खोजी कार्य थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

डिएसपी भण्डारीका अनुसार चितवन प्रहरीको विपत् व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खोजी कार्यमा लागेका छन् ।

सडकको डिलमा भारतीय नम्बर प्लेट भेटिए पनि कस्तो गाडी नदीभित्र खसेको भन्नेबारे यकिन जानकारी भने नआएको नेपाल प्रेससँग डिएसपी भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *