भारतसँगको सम्झौताको शर्त सार्वजनिक गर्न सरकारलाई नेकपा एसको माग – Nepal Press

भारतसँगको सम्झौताको शर्त सार्वजनिक गर्न सरकारलाई नेकपा एसको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भारतका विदेशमन्त्री एस जयशंकरको भ्रमणको क्रममा दुई देशबीच भएको सम्झौताप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

भारतले नेपालमा २० करोड सम्मका परियोजनामा सिधै लगानी गर्न पाउनेगरी भएको सम्झौताप्रति आज बसेको सचिवालयको बैठकले ध्यानाकर्षण जनाएको हो ।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘नेपाल र भारतको बीचमा भारतिय विदेशमन्त्री जयशंकर नेपाल आउँदा केही सम्झौता भएको विषय चर्चामा छ । यो र यस्ता खालका धेरै सहमतिहरु सरकारले विभिन्न देशहरुसँग गरेको छ । ती के कस्ता सहमतिहरु गरिएको छ त्यो सार्वजनिक गर्न माग गर्दै हाम्रो केन्द्रीय समितिको बैठकले एउटा प्रस्ताव पनि पारित गरेको थियो त्यसैको आधारमा यसबारे विभिन्न देशहरुसँग नेपालको स्रोत साधन उर्जा जलस्रोतको बिषयमा गरिएको सम्झौता र शर्त सरकारसँग माग गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको छ ।’

भारतसँग भएको यो सम्झौतालाई लिएर अहिले चौतर्फि आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर