नेकपा एसले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई माग्यो रिपोर्ट कार्ड – Nepal Press

नेकपा एसले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई माग्यो रिपोर्ट कार्ड

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड मागेको छ । आज बसेको सचिवालयको बैठकले सरकारमा रहेको मन्त्रीहरुको प्रगतिविवरण माग्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

सरकारमा नेकपा एसबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री बेदुराम भुसाल सहभागी छन् । उनीहरुको कामसम्पादन कमजोर भएको भन्दै प्रश्न उठ्दै आइरहेको छ ।
राष्ट्रियसभामा गठबन्धनका १९ उम्मेदवारलाई जिताउन आह्वान गरेको बताए ।

माघको ८ गते ११ बजे बस्नेगरी महाधिवेशन मस्यौदाबारे छलफल गर्नको लागि पार्टीको मस्यौदा समितिको बैठक बोलाउने निर्णय गरेको समेत बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर