भाँडा माझिरहेकी वृद्धाको आँखामा खुर्सानीको धुलो हालिदिएर लुटपाट – Nepal Press

भाँडा माझिरहेकी वृद्धाको आँखामा खुर्सानीको धुलो हालिदिएर लुटपाट

चितवन । माडी नगरपालिका ६ मा आफ्नै घरको धारोमा भाँडा माझिरहेकी एक महिलाको लुटेराले सिक्री लुटेका छन् ।

भाँडा माझिरहेको समयमा आँखामा खुर्सानीको धुलो हालिदिएर लगाइरहेको साढे २ तोलाको सिक्री लुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीरामा भण्डारीले जानकारी दिए ।

उनका अनुसार आज बिहान ९ बजे ६० वर्षकी सूर्य दवाडी भाँडा माझिरहँदा लुटेराले सिक्री लुटेका हुन् । इलाका प्रहरी कार्यालय माडीले लुटपाटमा संलग्न व्यक्तिको खोजी गरिरहेको डीएसपी भण्डारीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर