टाइगर कप : महिलातर्फ एपीएफ र न्यू डायमन्ड विजयी – Nepal Press

टाइगर कप : महिलातर्फ एपीएफ र न्यू डायमन्ड विजयी

पोखरा । चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र न्यू डायमन्ड युथ स्पोटर्सले विजयी सुरुवात गरेका छन् । एपीएफले नेपाल पुलिस क्लब र न्यू डायमन्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेका हुन् ।

पहिलो खेलमा एपीएफले पुलिसलाई ३-२ सेटले पराजित गर्‍यो । पहिलो सेट २५-१८ र दोस्रो २५-१८ ले आफ्नो पोल्टामा पारेको एपीएफले तेस्रो र चौथो सेट पुलिसलाई सुम्पेको थियो । तेस्रो सेट २५-१९ र चौथो सेट २५-१८ ले पुलिसले पुनरागमन गरेको थियो ।

पाँचौं सेट १५-१३ ले आफ्नो पक्षमा पार्दै एपीएफले जीत हासिल गर्‍यो । प्लेयर अफ द म्याच एपीएफकी सरस्वती चौधरी घोषित भइन् ।

दोस्रो खेलमा न्यू डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटमा पराजित गरेको हो । पहिलो सेट २५-२०, दोस्रो सेट २०-१७ ले जितेको न्यू डायमन्डले तेस्रो सेट १५-२५ ले गुमाएको थियो ।

न्यू डायमन्डले चौथो सेटमा पुनरागमन गर्दै २५-१५ को जीत हासिल गर्‍यो । न्यू डायमन्डकी रीमा कुँवर प्लेयर अफ द म्याच घोषित भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर