शीतल निवासमा ओलीको खोजी ! (भिडिओ) – Nepal Press

शीतल निवासमा ओलीको खोजी ! (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको अवसरमा शुभकामना आदानप्रदान राखेका छन् । शीतल निवासमा जारी कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई बोलाइएको थियो ।

माघीको शुभकामना आदानप्रदानसँगै दलका नेताहरूलाई शीलत निवासमै लञ्जको व्यवस्था गरिएको छ । राष्ट्रपति पौडेलले पर्वहरूले दलहरूबीचको सौहार्दपूर्ण वातावरण बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष, राजनीतिक दलका प्रमुखहरू पुगेका छन् । राष्ट्रपतिले एमाले अध्यक्ष केपी ओलीले पनि सकेसम्म आउने कुरा गरेको भन्दै खोजी गरे ।

उनले भने, ‘सबै पार्टी अध्यक्ष र नेताहरूलाई बोलाएको छु, प्रधानमन्त्री आएर शुभकामना दिएर अर्घखाँची जानुभो । ओलीजी पनि म आउँछु सकेसम्म म म्यानेज गर्छु भन्नुहुन्थ्यो । उहाँको मिल्यो कि मिलेन थाहा छैन ।’

उनले दलहरूलाई शुभकामना दिँदै जनताले पछाडि फर्किन नचाहेको उल्लेख गर्दै संविधान कार्यान्वयनमा गम्भीर बन्न ध्यानाकर्षणसमेत गराए ।


प्रतिक्रिया

2 thoughts on “शीतल निवासमा ओलीको खोजी ! (भिडिओ)

  1. दिल्लीका दलालहरू र स्वाभिमानी ओलिबीच फरक त हुनुपर्ने हो ।

  2. ओली डाँका भुत्रोको फरक हुन्थ्यो अरु दलका नेताहरु भन्दा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर