दलहरूलाई राष्ट्रपतिको आग्रह- जनता पछाडि फर्किन चाहेका छैनन्, संविधान कार्यान्वयनमा जाऔं (भिडिओ) – Nepal Press

दलहरूलाई राष्ट्रपतिको आग्रह- जनता पछाडि फर्किन चाहेका छैनन्, संविधान कार्यान्वयनमा जाऔं (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि दलहरूको ध्यानाकर्षण गराएका छन् । माघीको अवसरमा प्रधानमन्त्रीसहित दलका नेतालाई शीतल निवासमा बोलाएर गरेको छलफलमा उनले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको बताए ।

पौडेलले भने, मैले यहाँ आएर धेरै विदेशीहरूसँग पनि कुराकानी गरेको छु । यति अधिकार दक्षिण एसियाका मुलुकको तुलनामा कम होला । यतिधेरै जनताले अधिकार पाएको संविधानलाई सबैले प्रशंसा गरेका छन् । यसलाई व्यवहारमा ल्याउनुपर्‍यो । संविधानले जनतालाई जे अधिकार दिएको छ त्यो सार्थक हुनुपर्‍यो । त्यसका लागि कानून बनाउनुपर्ने छ ।’

उनले संविधानले परिकल्पना गरेका विषयलाई कानूनद्वारा व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

राष्ट्रपतिले भने, ‘त्यो कानून निर्माण छिटोभन्दा छिटो गर्नुपर्छ । संविधान कार्यान्यान्वयमा जाऔं । जनताको निराशामा आशामा परिणत गरौं । यो संविधानलाई कार्यान्वयन नगरेर अहिले निराशा बढेको हो । जनताले पछाडि फर्किन चाहेका छैनन् मैले बुझेको छु । जनताले अगाडि बढ्ने चाहना राखेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर