सुख्खा पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध – Nepal Press

सुख्खा पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध

हेटौँडा । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, मझिमटारमा सुख्खा पहिरो जाँदा काठमाडौँ आवतजावत गर्ने दुईतर्फी सवारी अवरुद्ध भएको छ ।

नौबिसे–मुग्लीङ सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्ग निर्माणको क्रममा काटिएको पहाड खसेर सुख्खा पहिरो जाँदा राजमार्गको करिब डेढ सय मिटर अवरुद्ध भएको छ ।

पहिरो गएको स्थानको निरीक्षण गरेका ट्राफिक प्रहरीका अनुसार सुख्खा पहिरोले केही सवारीमा क्षति पुगेको बताइए पनि निश्चित हुन बाँकी छ ।

उनका अनुसार एउटा हायसमा क्षति पुगेको आशंका गरिएको छ, तर पहिरो गएको स्थानमा अझै पनि स–साना ढुङ्गा झर्ने क्रम नरोकिएकाले त्यहाँसम्म पुग्न सकिएको छैन ।

बिहानै साढे ३ बजेबाट पहिरो गएको कारण हालसम्म उक्त क्षेत्रमा हजारौँ सवारीसाधनहरु जाममा परेका छन् । पहिरो पन्छाउने काम सुरु भैसकेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *