सरकारका कारण नेपाल विदेशी शक्तिको क्रीडास्थल बन्यो: महासचिव पोखरेल – Nepal Press

सरकारका कारण नेपाल विदेशी शक्तिको क्रीडास्थल बन्यो: महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका कारण नेपाल विदेशी शक्तिको क्रीडास्थल बनेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सरकारको लाचारीपनका कारण देश विदेशी शक्ति राष्ट्रको क्रीडास्थल बनेको छ, जसका कारण नेपाली जनताको स्वाभीमानमा आँच आएको छ ।’

भारत र चीनविरूद्व खेल्न अमेरिकाले नेपाली भूमि प्रयोग गरेको दाबी गर्दै उनले सत्ता टिकाउने नाममा सरकार अमेरिकासामु नतमस्तक बनेको टिप्पणी गरे ।

‘भारत र चीनलाई कहिल्यै मिल्न नदिने अभियानमा अमेरिका छ । त्यसका लागि नेपाली भूमि प्रयोग गरिएको छ’, महासचिव पोखरेलले भने, ‘सरकारले छिमेकी राष्ट्रविरूद्व आफ्नो प्रयोग हुनबाट रोक्न चासो दिएको छैन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर