भोलिदेखि पोखरामा चौथो टाइगर कप भलिबल प्रतियोगिता सुरु हुँदै – Nepal Press

भोलिदेखि पोखरामा चौथो टाइगर कप भलिबल प्रतियोगिता सुरु हुँदै

पोखरा । चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता सोमबारदेखि पोखरामा सुरु हुँदै छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुन लागेको प्रतियोगिता माघ ६ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा २ विदेशी टिमसहित नेपाली टिमले सहभागिता जनाएका छन् । महिलातर्फ भारत हरियाणा पुलिस क्लब र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले विदेशी टिमको रुपमा सहभागिता जनाउने छन् ।

पुरुषतर्फ गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोटर्स क्लब र महिलातर्फ एपिएफ, न्यु डायमन्ड युथ स्पोटर्स, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको सहभागिता जनाएको टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

प्रतियोगितामा दुवैतर्फ विजेता समान नगद ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ र तेस्रो स्थानमा रहने टोलीले नगद १ लाख २५ हजार ५ सय ५५ रूपैयाँ प्राप्त गर्नेछन् । पुरुष तथा महिला सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ५ सय ५५ रूपैयाँ पाउने आयोजकले जनाएको छ ।

दुवै इभेन्टका उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई १० हजार ५ सय ५५ रूपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने ग्रुपका अध्यक्ष शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *