बागमतीमाथि एपीएफको फराकिलो जित, कप्तान रोहितले लिए ४ विकेट – Nepal Press

बागमतीमाथि एपीएफको फराकिलो जित, कप्तान रोहितले लिए ४ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गतको खेलमा बागमती प्रदेशलाई सशस्त्र प्रहरी बल(एपीएफ) ले ८९ रनले पराजित गरेको छ ।

टीयु क्रिकेट मैदानमा एपीएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२ ओभर ५ बलमा १५२ रनमा समेटिएको हो । एपीएफको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिए । ९ ओभर बलिङ गरेका रोहितले १ मेडनसहित २६ रन खर्चेर ४ विकेट लिए । मौसम ढकाल र अविनाश बोहराले २–२ र भुवन कार्की र पुरन बिकले १–१ विकेट लिए ।

ब्याटिङतर्फ बागमतीका कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । असुन्तोष घिरैलाले ४१, रबिन जोशीले २० र विवेक मगरले १५ रन बनाएर आउट भए ।

यसअघि टस जितेर ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । एपीएफका सन्दीप जोराले शतक प्रहार गरे । उनले ११७ बलमा ११२ रन बनाएका थिए ।

४१ रनमा ५ विकेट गुमाएर दबाबमा आएको एपीएफको संकट सन्दीपले टारेका थिए। उनले छैटौँ विकेटका लागि लोकेश बमसँग ६६, आठौँ विकेटका लागि अमर रौतेलासँग ६८ र नवौँ विकेटका लागि अविनाश बोहरासँग ४२ रनको साझेदारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *