राष्ट्र बैंकका गभर्नर फेक आईडीको आतंकमा – Nepal Press

राष्ट्र बैंकका गभर्नर फेक आईडीको आतंकमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी फेक आईडीको आतंकमा परेका छन् ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी ‘ह्वाटस् एप’ को नक्कली आईडी बनाएर दुरुपयोग भएको हो ।

शनिबार राति राष्ट्र बैंकका कर्मचारीहरुलाई गर्भनर अधिकारीको फेक ‘ह्वाटस् एप’ अकाउन्टबाट म्यासेज आएको थियो । उक्त म्यासेजमा सामान्य कुराकानीका लागि गरिएको म्यासेज आज आइतबार बिहान नक्कली पुष्टी भएको राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराज पोखरेलले बताए ।

‘हिजो रातिदेखि राष्ट्र बैंकका कर्मचारीहरुलाई गर्भनर ज्यूको नक्कली एकाउन्टबाट म्यासेजहरु गरिएको थियो भने केही कर्मचारीहरुलाई कल समेत गरिएको थियो । गर्भनर ज्यूले नै आफूले म्यासेज नगरेको बताएपछि सबैलाई उक्त आईडी नक्कली भएको थाहा भएको थियो । त्यसपछि राष्ट्र बैंककै आईटी कर्मचारीहरुले पत्ता लगाउन खोेजे र बिहान साइबर ब्यूरोमा पनि उजुरी गरिएको छ । अहिलेसम्म कुनै आधिकारीक जानकारी आएको छैन’, पोखरेलले नेपाल प्रेससँग भने ।

 


प्रतिक्रिया

One thought on “राष्ट्र बैंकका गभर्नर फेक आईडीको आतंकमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर