प्रधानमन्त्री कपमा गण्डकीको लगातार दोस्रो हार, कर्णाली ७ विकेटले विजयी – Nepal Press

प्रधानमन्त्री कपमा गण्डकीको लगातार दोस्रो हार, कर्णाली ७ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गतको खेलमा गण्डकी प्रदेशले लगातार दोस्रो हार ब्यहोरेको छ । आइतबार भएको दोस्रो खेलमा गण्डकी प्रदेश कर्णाली प्रदेशसँग ७ विकेटले पराजित भएको हो

गण्डकीले दिएको १२३ रनको सामान्य लक्ष्य कर्णाली प्रदेशले ३३ ओभर २ बलमा पूरा गर्‍यो । कर्णालीका हिमान्सु शाहीले ५३,निश्चल रावलले अविजित २९, कप्तान रविन्द्र शाहीले २० र अर्जुन घर्तीले अविजित १० रन बनाए । बलिङतर्फ गण्डकीका अंकित न्यौपानेले २ र कप्तान बिपिन खत्रीले १ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। गण्डकीका लागि कमल गुरुङ र कमल परियारले २१/२१ रनको योगदान दिएका थिए ।

बलिङतर्फ कर्णालीका अनुज चनारा, दीनेश अधिकारी र दीपेन्द्र रावतले २-२ विकेट लिएका थिए । पहिलो खेलमा गण्डकी लुम्बिनी प्रदेशसंग पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर