६ लाख सवारी लाइसेन्सको स्मार्ट कार्ड भित्रियो, दैनिक १ हजारसम्म बाँडिने – Nepal Press

६ लाख सवारी लाइसेन्सको स्मार्ट कार्ड भित्रियो, दैनिक १ हजारसम्म बाँडिने

काठमाडौं । सवारी लाइसेन्सका लागि ६ लाख स्मार्ट कार्ड भित्रिएको छ । गत शुक्रबार उक्त कार्ड त्रिभुवन विमास्थल आएको र भन्सार तिरेर विभाग ल्याउने तयारी भएको महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । करिब ३ करोड राजस्व तिर्नुपर्ने बताइएको छ ।

जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिससँग १२ लाख कार्ड आपूर्ति गर्ने सम्झौता भएकोमा सुरुको चरणमा ६ लाख कार्ड नेपाल आएको हो । अब ४५ दिनिभित्र बाँकी ६ लाख कार्ड भित्रिने रिजालले बताए ।

उनले भने, ‘कार्ड ल्याएर हामीले ल्याब टेस्ट गर्नेछौं । त्यसपछि छपाइको काम सुरू हुनेछ । भने, अब विभागबाट नै विदेशमा रोजगारी तथा अध्ययनका लागि जाने र लाइसेन्स आवश्यक परेकाहरूलाई दैनिक १ हजारसम्म दिने तयारी छ । पुरानो कार्ड ४० हजार जति छ ।’

विभागका अनुसार कार्ड वितरणको लागि हेल्प डेस्क राखिनेछ साथै आवश्यक परेकाले निवेदन दिए तत्काल नै लाइसेन्स पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *