सत्ता गठबन्धनको विज्ञप्ति : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिताकै नाम ! – Nepal Press

सत्ता गठबन्धनको विज्ञप्ति : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिताकै नाम !

कैलाली ।नागरिक उन्मुक्ति पार्टी नाउपाको पहिलो अधिवेशन बाट पार्टी अध्यक्षमा रेशम चौधरी निर्वाचित भइसकेका छन् ।

रेशम चौधरी शुक्रवार अध्यक्षमा निर्वाचित भए पनि आइतबार सत्ता गठबन्धनले जारी गरेको संयुक्त अपिलमा पूर्व अध्यक्ष रन्जिता श्रेष्ठ लेनै अध्यक्षको रूपमा प्रतिनिधित्व गरेकी छन् ।

माघ ११ गते हुन राष्ट्रिय सभा निर्वाचनमा १९ उम्मेदवारलाई जिताउन ७ दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

गठबन्धनका उम्मेदवारलाई जिताउन काङ्ग्रेसबाट सभापति शेरबहादुर देउवा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल जसपाबाट अध्यक्ष उपेन्द्र यादव लोसपाका अध्यक्ष महन्त ठाकुर र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साझा अपिलमा हस्ताक्षर गर्दा नाउपाबाट भने अध्यक्षमा पूर्व अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ ।

‘आधिकारिक रूपमा अर्को अध्यक्ष निर्वाचित भएको हुँदा उहाँ (रन्जिता) लाई नै अध्यक्षको रूपमा हेरिएको हुन सक्छ’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘यो प्राविधिक समस्या हो जस्तो लाग्छ । ’

नाउपाका अध्यक्ष रेशम चौधरीले महाधिवेशन मार्फत आफू अध्यक्ष भएपनि निर्वाचन आयोगमा अद्यावधिक गर्न बाँकी रहेको बताए ।

‘निर्वाचनमा आयोगमा अद्यावधिक गर्न बाकी छ त्यसैले होला’ उनले साझा विज्ञप्तिलाई संकेत गर्दै भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर