प्रधानमन्त्री कपमा कर्णालीलाई गण्डकी प्रदेशको सामान्य लक्ष्य – Nepal Press

प्रधानमन्त्री कपमा कर्णालीलाई गण्डकी प्रदेशको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गतकोको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको हो ।

गण्डकीका लागि कमल गुरुङ र कमल परियारले २१-२१ रनको योगदान दिए । बलिङतर्फ कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले २-२ विकेट लिए ।

पहिलो खेलमा गण्डकी लुम्बिनी प्रदेशसँग पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर