काली-कर्णालीको संस्कृति जोगाउन आवश्यक छ : एमाले सचिव विश्वकर्मा – Nepal Press

काली-कर्णालीको संस्कृति जोगाउन आवश्यक छ : एमाले सचिव विश्वकर्मा

काठमाडौँ ।नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले काली-कर्णालीको संस्कृति जोगाउन आवश्यक रहेको बताएका छन् ।

सांस्कृतिक समाज नेपालले काठमाडौँमा आयोजना गरेको सम्मान वितरण तथा धन्यवाद ज्ञापक कार्यक्रम एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका विश्वकर्माले सुदूरपश्चिम र कर्णालीको संस्कृति जोगाउन आवश्यक रहेको बताएका थिए ।

आफू लुम्बिनी निवासी भए पनि अहिले सुदूरपश्चिमको जिम्मेवारीमा रहेको हुँदा सुदूरपश्चिमको लोक संस्कृति निकै महत्त्वपूर्ण र ऐतिहासिक भएको टिप्पणी गरे ।

सांस्कृतिक समाज नेपाल ती लोक संस्कृतिको जगेर्नाको लागि लागिपरेको भन्दै उनले देउडा गीत र गायकहरूलाई पनि राज्यले ध्यान दिनु पर्ने बताएका थिए ।

भदौ ४ गते काठमाडौँमा सांस्कृतिक समाज नेपालले बृहत सांस्कृतिक र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको थियो ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लामो समयदेखि साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, साहित्यकार आरडी प्रभास चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी,कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रा देवी बादी, र सङ्गीता रोकाय लगायतलाई अभिनन्दन गरिएको थियो ।

सुदूरपश्चिमको लोक संस्कृतिको जगेर्ना गर्न उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहयोग गर्ने व्यक्ति र संस्थालाई शनिवार सम्मान गरिएको सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले बताए ।

त्यस क्रममा १२४ जना २१ संस्थालाई सम्मान गरिएको अध्यक्ष अवस्थीले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ देउडा गायक नन्द कृष्ण जोशी, यज्ञराज उपाध्याय, लोक प्रिय गायिका टीका पुन लगायतका थुप्रै कलाकार एवं स्रष्टाहरूको सहभागिता रहेको थियो ।

‘सुदूरपश्चिम र कर्णालीको लोक संस्कृति अब काठमाडौँले पनि देख्नु पर्छ र बुझ्नु पर्छ भनेर हामी लागिरहेका छौँ ’ अध्यक्ष अवस्थीले भने ‘आगामी दिनमा पनि यस्ता सृजनशील थुप्रै काम गर्ने छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर