आर्मी छाडेर एपीएफ आएका कप्तान रोहित पहिलो खेलमा २ रन बनाएर आउट – Nepal Press

आर्मी छाडेर एपीएफ आएका कप्तान रोहित पहिलो खेलमा २ रन बनाएर आउट

काठमाडौं । त्रिभुवन आर्मी क्लब छोडेर सशस्त्र प्रहरी बल (एपीएफ) क्लब प्रवेश गरेका राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल पहिलो खेलमा २ रनमा आउट भएका छन् ।

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बागमती प्रदेशविरुद्ध एपीएफका कप्तान पौडेल २ रनमा आउट भएका हुन् । आर्मीबाट फर्किएपछि एपीएफबाट उनको यो पहिलो खेल हो ।

बागमतीविरुद्ध एपीएफले खराब सुरुआत गरेको छ । एपीएफले ७ ओभर ४ बलमा ३ विकेट गुमाउँदै ३४ रन बनाएको छ । प्रज्वल शाही १० र असिफ शेख १५ रन बनाएर आउट भए । बागमतीका रिजन ढकालले २ र प्रतिश जिसीले १ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर